Rule 3
जानकारी दिनु पर्ने
ऐनको दफा ३ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम १०० देखि १००० किलोवाट सम्मको जलविद्युत सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको अनुसूची–१ बमोजिमको ढाँचामा देहायका विवरणहरु खुलाई महानिर्देशकलाई जानकारी दिनु पर्नेछ ः–
(क) परियोजनाको विस्तृत विवरण,
(ख) परियोजना स्थलको नक्शा (मुख्य मुख्य संरचना समेत देखिने),
(ग) पानीको स्रोत र उपयोग हुने पानीको परिमाण,
(घ) विद्युत वितरण गरिने क्षेत्र तथा यसबाट लाभान्वित हुने ग्राहक संख्या,
(ङ) उपयोग गरिने जलस्रोतको अन्य कसैले कुनै किसिमबाट उपयोग गरे नगरेको, गरेको भए सो को विवरण,
(च) अन्य आवश्यक कुराहरु ।